०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

कानुन बिपरितका गतिबिधि सबै नियन्त्रणमा आउने, दाङका एसपी दिपक श्रेष्ठले कार्यभार सम्हाले

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन १२, २०८२

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दिपक श्रेष्ठले शनिबार बिहान पत्रकार भेटघाट कार्यक्रम गरे । उनले आफु दाङलाई कार्यक्षेत्र बनाएर काम गर्न आएको र चाडपर्ब लक्षित सुरक्षा योजना बारे जानकारी दिन पत्रकारलाई डाके । तर, पत्रकारहरुले नयाँ प्रहरी प्रमुख श्रेष्ठलाई मुल संङ्लो भए प्रहरीको चुस्तदुरुस्त सेवा झल्किने सुझाब दिए ।

प्रहरीमा परेका मुद्धाको सहजिकरण गर्न विभिन्न बहाना बनाएर आउने भिआइपि बिचौलियालाई निषेध गर्न सके मात्रै पिडितले न्याय पाउन सक्ने पत्रकार ओपेन्द्र बस्नेतले एसपि श्रेष्ठलाई सल्लाह दिए । अर्का पत्रकार अमर क्षितिज भण्डारिले कुनै बेला दाङको प्रहरी प्रमुख भइ हाल आईजिपिबाट अनिबार्य अबकाशमा गएका धिरजप्रताप सिंहको पालामा जस्तो शान्तिसुरक्षा कायम गर्न र प्रहरी प्रमुख बिभीन्न भनसुनका नाममा तल्ला प्रहरी युनिटलाई अनाबश्यक दबाब नदिए मात्रै पनि सुरक्षा मजबुत बनाउन सकिने बताए । उनले सिंहको कार्यकालमा दाङमा तल्ला प्रहरी युनिट पनि आफै एसपि सरह नै जिम्मेवारीमा खटिने गरेको अनुभब सुनाए।

त्यस्तै भण्डारिले पत्रकारका नाममा गलत धन्दा गर्नेलाई कानुन बमोजिम कारबाही गर्न आग्रह गरे । अन्य पत्रकारहरुले पत्रकारहरु सुचनाको भोको हुने भन्दै छिटाे छरितो सुचना आदान प्रदान हुने बाताबरण बनाउनु पर्ने बताएका थिए । साथै पत्रकारहरुले जेनजि आन्दोलनकाक्रममा आगजनिसहित तोडफोडमा संलग्नलाई कानुनि दायरामा ल्याई कारबाही गरेर शान्तीसुरक्षा अझै थप बलियो बनाउनु पर्नेमा जोड दिए । सो अवसरमा एसपि श्रेष्ठले आफुले पेशागत जिम्मेवारी अनुसार काम गर्ने र कानुन बिपरितका गतिबिधि सबै नियन्त्रणमा आउने बताए ।

जेनजि आन्दोलनकाक्रममा कानुन बिपरित हर्कत गर्ने जो कोहि पनि ढिलोचाडाे कानुनि दायरामा आउने बताए । सरकारले आयोग बनाएर कारबाहीको दायरामा ल्याउन खोजेकाले आफुहरुले क्षतिको मुल्यांकन गरेर घटनामा संलग्नहरुको भिडियो फुटेज पठाइ दिने उनले बताए । श्रेष्ठ यसअघि घोराहीकै नगर प्रहरी प्रमुख भई काम गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!