२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

गुल्मीमा यात्रुबाहक बस दुर्घटनामा परी १६ जना घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन १३, २०८२

बुटवल । सोमबार बुटवलदेखि मालिका गाउँपालिका ५ अर्जै छापतर्फ जाँदै गरेको लु१ख ७७७६ नम्वरको बस रेसुङ्गा नगरपालिका-४ स्थित छल्दीपनाहमा दुर्घटना भएको थियो।

घाइते भएकामध्ये सहचालक ३१ वर्षीय दीपक पराजुलीलाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ। उनको खुट्टामा गहिरो चोट लागेको छ। अन्य १२ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए। तीन जना उपचार पछि डिस्चार्ज भएका छन्।

बस सडकबाट पाँच मिटर तल खसेको छ। ओरोला र घुम्टीमा ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते हुनेहरू सबै गुल्मीको इस्मा गाउँपालिका-६ स्थित अमरपुरका स्थानीय हुन्। २१ वर्षीय नबिन महत, २२ वर्षीय रेशम भण्डारी, ७३ वर्षिय हरिकला कुमाल घाइते भएका छन्।

त्यस्तै ४३ वर्षीय राधिका बस्नेत, २२ वर्षीय कोपिला बस्नेत, १७ वर्षीय अनिल बस्नेत, ३३ वर्षीय सरिता कुमाल, ११ वर्षीय कृष्ण कुमाल, ३९ वर्षीय सन्त बहादुर कुमाल,  ७८ वर्षीय चन्द्री कुमाल, ईश्वर कुमाल, ३३ वर्षीय सरिता मतह,  १३ वर्षीय सचिन महत र मालिका गाउँपालिका ६ का ३५ वर्षीय लक्ष्मी बिष्ट घाइते भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!