१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

वीरगंज मेलामा ग्याङ फाइट १ जनाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन १५, २०८२

पर्सा । वीरगंज-गएराति वीरगंजको माईस्थान र घडिअर्वा पोखरी क्षेत्रकोबीच सडकमा भीषण ग्याङ फाइट भएको छ। घटनामा एक युवकको मृत्यु भएको पुष्टि भएको छ।

प्रहरीका अनुसार, गहवामाई मेला चलिरहेको बेला राति करिब १२ देखि १ बजेको बीचमा गितामन्दिर रोडमा दुई युवा समूहबीच हानाहान भएको थियो। झगडाको क्रममा घाइते भएका गोल्डेन खान नामका युवकलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।

मृतक वीरगंज–१०, अशोक वाटिका निवासी करिब १८ वर्षीय गोल्डेन खान भएको एक स्थानीयले बताएका छन्।

घटनापछि प्रहरीले गितामन्दिर रोड क्षेत्रलाई सिल गरी अनुसन्धान सुरु गरेको छ। घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ भने अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।

मृतकको शव नारायणी अस्पतालमा राखिएको छ। थप विवरण आउन बाँकी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

काठमाडौँ र भक्तपुरको सीमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौंदेखि कब्जा गरिएको सार्वजनिक जमिन खाली गराउने काम सकिएको छ। काठमाडौँ उपत्यकाका मुख्य नदी किनारका क्षेत्रहरूमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि सो क्षेत्रको अवस्था अहिले सुनसान र विरानो बनेको छ। नेपाल प्रहरीकाअनुसार काठमाडौँतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी कुल ९४१ घरटहरा भत्काइएको छ। सरकारी जग्गा संरक्षण […]

error: Content is protected !!