काठमाडौं । कर्तव्य पालनाको सिलसिलामा सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गर्ने सिन्धुलीका ३६ वर्षीय नेवाङ्ग तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं बबरमहल बस्दै आएका उनलाई बुद्ध नगरबाट प्रकाउ गरिएको हो। तामाङले एक प्रहरी कर्मचारी अश्लित शब्द प्रयोग गर्दै गाली गरेका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।