०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

दशैं पर्वलाई लक्षित गरी रुपन्देही जिल्लामा सुरक्षा व्यवस्था अत्यन्तै कडा

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन १५, २०८२

रुपन्देही । भैरहवा पर्वको समयमा हुन सक्ने विभिन्न आपराधिक तथा अप्रिय घटनाहरूलाई न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विशेष सुरक्षा योजना लागू गरेको छ। यस योजना अन्तर्गत ९९८ जना सुरक्षाकर्मीहरू परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिएका छन् ।

रुपन्देही प्रहरीले जिल्लाका संवेदनशील तथा भीडभाड हुने क्षेत्रहरूमा विशेष निगरानी बढाएको छ। बजार क्षेत्र, सार्वजनिक यातायातका साधनहरू, मठमन्दिर तथा मेला लाग्ने स्थानहरूमा समेत प्रहरी परिचालन गरी शान्ति सुरक्षा कायम गर्ने प्रयास गरिएको छ। चाडपर्वमा हुन सक्ने चोरी, लुटपाट, ठगी लगायतका घटनाहरूलाई रोक्नका लागि गस्ती तथा चेकजाँचमा समेत कडाई गरिएको छ ।

रुपन्देही प्रहरी प्रमुखका रूपमा प्रदीप बहादुर क्षेत्रीको आगमनपछि जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा उल्लेख्य सुधार आएको स्थानीयले महसुस गरेका छन् । उनको नेतृत्वमा प्रहरीले विभिन्न जनमुखी कार्यक्रमहरू सञ्चालन गर्दै अपराध नियन्त्रणमा सफलता हासिल गरेको बताइएको छ । दशैं पर्वमा ढुक्क भएर रमाइलो गर्न तथा कुनै पनि असुरक्षाको महसुस भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा १०० मा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सम्पूर्ण नागरिकहरूलाई अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!