२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

दशैं पर्वलाई लक्षित गरी रुपन्देही जिल्लामा सुरक्षा व्यवस्था अत्यन्तै कडा

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन १५, २०८२

रुपन्देही । भैरहवा पर्वको समयमा हुन सक्ने विभिन्न आपराधिक तथा अप्रिय घटनाहरूलाई न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विशेष सुरक्षा योजना लागू गरेको छ। यस योजना अन्तर्गत ९९८ जना सुरक्षाकर्मीहरू परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिएका छन् ।

रुपन्देही प्रहरीले जिल्लाका संवेदनशील तथा भीडभाड हुने क्षेत्रहरूमा विशेष निगरानी बढाएको छ। बजार क्षेत्र, सार्वजनिक यातायातका साधनहरू, मठमन्दिर तथा मेला लाग्ने स्थानहरूमा समेत प्रहरी परिचालन गरी शान्ति सुरक्षा कायम गर्ने प्रयास गरिएको छ। चाडपर्वमा हुन सक्ने चोरी, लुटपाट, ठगी लगायतका घटनाहरूलाई रोक्नका लागि गस्ती तथा चेकजाँचमा समेत कडाई गरिएको छ ।

रुपन्देही प्रहरी प्रमुखका रूपमा प्रदीप बहादुर क्षेत्रीको आगमनपछि जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा उल्लेख्य सुधार आएको स्थानीयले महसुस गरेका छन् । उनको नेतृत्वमा प्रहरीले विभिन्न जनमुखी कार्यक्रमहरू सञ्चालन गर्दै अपराध नियन्त्रणमा सफलता हासिल गरेको बताइएको छ । दशैं पर्वमा ढुक्क भएर रमाइलो गर्न तथा कुनै पनि असुरक्षाको महसुस भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा १०० मा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सम्पूर्ण नागरिकहरूलाई अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!