२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

घटस्थापनाका दिनदेखि विभिन्न मन्दिर प्राङ्गणमा स्थापना गरिएका दुर्गाको मूर्ति शुक्रवार बिसर्जन गर्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन १७, २०८२

बाँके । राखिएका दुर्गा देवीको मूर्ति धुमधामका साथ राप्ती नदीको सिधनिया घाटमा बिसर्जन गर्ने भक्तजनहरुको तयारी छ ।

घटस्थापनादेखि दुर्गा देवीको मूर्ति राखिएको ठाउँमा पुरोहितद्वारा नवरात्रभर विधिवतरुपमा पूजापाठ गरिएको थियो । घटस्थापनाका दिन स्थापना गरिएका दुर्गा देवीको मूर्तिको साँझ, बिहान र दिउँसो पूजाआजा, आरती र भजन किर्तन गर्ने भक्तजनहरुको घुइचो लाग्ने गरेको थियो ।

नवरात्रमा स्थापना गरिएको दुर्गा माताको मूर्तिले गाउँघरमा चहल पहल रहेको डुडुवा गाउँपालिका वडा नं.६ हिरमिनियाका कृपाराम मौर्यले बताए । ‘नवरात्रभर ‘जय माता दी’ले गाउँघर गुन्जायमान बनेको थियो,’ उनले भने, ‘चारैतिर पूजाआजा गर्ने भक्तजनहरुको घुँइचो देखिन्थ्यो, आज विभिन्न ठाउँमा राखिएका दुर्गा माताको मूर्ति बिर्सजनपछि गाउँघर सुनसान हुनेछ ।’

दुर्गा देवीको मूर्ति विर्सजनका लागि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!