१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

ललितपुर जिल्लाका सीडीओले गरे चोभार गल्छी अनुगमन,जोखिम स्थानबाट हट्न प्रहरीको माइकिङ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन १७, २०८२

काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले काठमाडौं उपत्यकाको पानी निकास हुने एकमात्र ठाउँ चोभार गल्छीको आज स्थलगत निरीक्षण गरेको छ ।स्थलगत निरीक्षणपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जोखिमयुक्त क्षेत्रका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न अनुरोध गर्ने बताए ।

जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि काठमाडौं उपत्यकामा समेत भारी वर्षाको प्रक्षेपण गरेकाले प्रमुख जिल्ला अधिकारी घिमिरेको संयोजकत्वमा जिल्ला सुरक्षा समितिका सबै निकायका प्रमुखसहितको टोलीले चोभार गल्छीको निरीक्षण गरेको थियो ।

‘अहिले तत्काल गर्न सकिने थप केही छैन । हाम्रो प्राथमिकता भनेको जनधनको सुरक्षा कसरी गर्ने भन्ने मात्र हो,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘त्यसैले जोखिम क्षेत्रका बासिन्दालाई केही दिन सुरक्षित स्थानमा जान भनेका छौं ।’

उनले सुरक्षित स्थानमा गएर बस्न र धन सम्पत्तिको सुरक्षा गर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गर्ने जानकारी दिए ।
नक्खु सहित काठमाडौं उपत्यकाका खोलानालाको एक मात्र निकास चोभार गल्छी हो । प्राचीन समयमा काठमाडौं उपत्यकामा रहेको तलाउको पानी चोभारको डाँडो काटेर बाहिर पठाई बस्ती बसालेको किंवदन्ती छ । डाँडो काटेको भनिएको ठाउँ साँघुरो छ । त्यहाँबाट पानी निकास कम हुने हुँदा काठमाडौं उपत्यकाका नक्खु, कुलेश्वर, बल्खु, थापाथली, शंखमूल लगायत भूभाग हरेक वर्षायाममा डुबानमा पर्दछन् ।

गत वर्ष २०८१ सालको असोज १० देखि १३ गतेभित्र काठमाडौं उपत्यकाका २५ स्थानमा रेकर्ड ब्रेक वर्षा हुँदा पनि बस्तीहरू डुबानमा परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

काठमाडौँ र भक्तपुरको सीमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौंदेखि कब्जा गरिएको सार्वजनिक जमिन खाली गराउने काम सकिएको छ। काठमाडौँ उपत्यकाका मुख्य नदी किनारका क्षेत्रहरूमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि सो क्षेत्रको अवस्था अहिले सुनसान र विरानो बनेको छ। नेपाल प्रहरीकाअनुसार काठमाडौँतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी कुल ९४१ घरटहरा भत्काइएको छ। सरकारी जग्गा संरक्षण […]

एजेन्सी । भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ। ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ। अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ। ओशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही […]

error: Content is protected !!