१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

हवाइ सेवा कम्पनीहरूले आन्तरिक उडानको टिकट महंगो दरमा बेच्न सुरु नागरिकलाई सास्ती,

Logo
ABC (भन्डाफोर) प्रकाशित शुक्रबार, आश्विन १७, २०८२

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण र सरकारले पटक-पटक दिएको निर्देशनको बेवास्ता गर्दै ।

यात्रुको चाप बढेको मौका छोपी अधिकतम दरको टिकटमात्र खुला गर्ने गरिएको हो । अहिले धनगढीबाट काठमाडौं आउनभन्दा काठमाडौंबाट भारतको नयाँदिल्ली जान सस्तो भाडा छ । विजयादशमीको दिनसम्म काठमाडौंबाट बाहिरिने उडानका लागि महंगो दरको टिकट बेचिरहेका बिमान कम्पनीहरूले शुक्रबारदेखि भने काठमाडौं भित्रने उडानमा महंगो दरको टिकट बेचिरहेका छन् ।

शनिबारका लागि नेपाल वायुसेवा निगमको जहाजबाट दिल्लीसम्म जाने भाडा १२ हजार ७ सय ९७ रूपैयाँ छ । शनिबार ४ बजे नै धनगढीबाट काठमाडौं आउनका लागि बुद्ध एयरले १६ हजार २७ रूपैयाँ भाडा तोकेको छ । यसले धनगढीबाट काठमाडौं आउनभन्दा काठमाडौंबाट भारतको नयाँदिल्ली जान ३ हजार २ सय ३० रूपैयाँ सस्तो पर्ने देखिन्छ ।

विमान कम्पनीले भाडा अचाक्ली महंगो बनाएपछि यात्रुहरू मर्कामा परेका छन् । नियमनकारी निकायहरूले भने सरकारले नै निर्धारण गरेको माथिल्लो सीमाको भाडा लिएकाले कारबाही गर्न नमिल्ने जनाएका छन् । यात्रुको चाप कम भएका बेला सस्तो भाडामै उडाउने विमान कम्पनीहरुले टिकटको माग बढेपछि भने महंगो दरको टिकटमात्र खुला गर्ने गर्छन् ।

उपभोक्ता अधिकारकर्मीहरू भने सरकारकै आडमा विमान कम्पनीहरूको मनपरी बढेको बताउँछन् ।चाडपर्वका बेलामा विमान कम्पनीहरूले सस्तो दरको टिकट नै खोल्दैनन् । अचाक्ली भाडाका कारण चाडपर्व मनाउन उपत्यकाबाट बाहिरिँदा र फर्कंदा दुबै समय यात्रुहरू मारमा पर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

काठमाडौँ र भक्तपुरको सीमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौंदेखि कब्जा गरिएको सार्वजनिक जमिन खाली गराउने काम सकिएको छ। काठमाडौँ उपत्यकाका मुख्य नदी किनारका क्षेत्रहरूमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि सो क्षेत्रको अवस्था अहिले सुनसान र विरानो बनेको छ। नेपाल प्रहरीकाअनुसार काठमाडौँतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी कुल ९४१ घरटहरा भत्काइएको छ। सरकारी जग्गा संरक्षण […]

एजेन्सी । भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ। ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ। अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ। ओशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही […]

error: Content is protected !!