०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

सदभाव शान्ति कायम राख्न र संयमित रहन सबैमा बाँके प्रहरी प्रमुख एसपी अंगूर जिसीको अनुरोध,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शनिबार, आश्विन १८, २०८२

बाँके । नेपालगन्जका केही स्थानमा आज दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार झडपमा तीनजना प्रहरीसहित २० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी दिएका छन्।

एसपी जिसीले घाइते सबैको अवस्था सामान्य रहेको बताएका छन्। झडपमा कसैको ज्यान गएको भन्ने हल्ला फैलिएको भए पनि त्यो पूर्ण रूपमा गलत रहेको उनले स्पष्ट पारे। “कसैको ज्यान गएको छैन, अफवाहमा विश्वास नगर्न सबैलाई आग्रह गर्छु,” उनले भने।

नेपालगन्जमा मूर्ति विसर्जनका क्रममा झडप, २० भन्दा बढी घाइते

प्रहरीले मुख्य झडप भएका तीन स्थानलाई नियन्त्रणमा लिएर सुरक्षा निगरानी बढाएको छ। एसपी जिसीले शान्ति कायम राख्न र संयमित रहन सबैमा अनुरोध गरेका छन्। “हल्ला र अफवाहको पछि नलागी शान्तिपूर्ण वातावरण बनाउन सहयोग गर्नुहोस्,” उनले भने।

स्थानीय प्रशासनले घटनाको सत्यतथ्य छानबिन गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!