काठमाडौं । खराब मौसमका कारण हिजो ठप्प रहेको त्रिभुवन विमानस्थलको आन्तरिक उडान आज सञ्चालनमा आएको छ । यद्यपि केही उडान भने डिले भएका छन् । 
आज बिहान २ आन्तरिक उडान सम्पन्न भएका छन् । बुद्ध एयरले नेपालगन्ज र भद्रपुर उडान भरेको हो । हिजो आन्तरिक उडान ठप्प हुँदा यात्रुहरू मारमा परेका थिए ।