२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

दाङ तुलसीपुर कारागारबाट भागेका कैदीबन्दीले फेरि गरे मान्छे मार्ने प्रयास गरे,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन १९, २०८२

दाङ । कर्तव्य ज्यान मुद्धामा कैद सजाय भोगिरहेका कैदीबन्दी खिम बहादुर बिक पंक्षीले कारागारबाट भागेर फेरि मान्छे मार्ने प्रयास गरेका छन् ।

कर्तव्यज्यान मुद्दामा २५ वर्ष कैद सजाय भोगिरहेका तुलसीपुर–५ रानीजरुवाका २२ वर्षीय पंक्षी कारागार कार्यालय तुलसीपुर दाङबाट गत भदौ २४ गते जेनेजी आन्दोलनको क्रममा भागेका थिए ।

फरार रहेका बिकले असोज ११ गतेराति तुलसीपुर–५ रानीजरुवामा ५३ वर्षीय स्थानीयमाथि धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा जिल्ला अदालत दाङले असोज १३ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएलगत्तै खोजतलासमा जुटेको प्रहरीले असोज १८ गते साँझ करिब ६ बजेतिर दंगीशरण गाउँपालिका–२ सातखुटीमा लुकिछिपी बसेको अवस्थामा बिकलाई फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका बिकलाई कारागार कार्यालय तुलसीपुर दाङमा बुझाइएको र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!