१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

बर्षा बाढीपहिरोका कारण बागमती र कोशी प्रदेशका १८ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन २०, २०८२

काठमाडौं । केही सडकमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ। बागमतीमा ११ र कोशीका आठ ठाउँमा सडक अवरुद्ध भएका हुन् ।

नेपाल प्रहरीका अनुसार बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग बन्द छन् । यसैगरी नेपाल-चीन जोड्ने सीमा सडक, कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौं सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध छ।

यस्तै कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्यपहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

काठमाडौँ र भक्तपुरको सीमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौंदेखि कब्जा गरिएको सार्वजनिक जमिन खाली गराउने काम सकिएको छ। काठमाडौँ उपत्यकाका मुख्य नदी किनारका क्षेत्रहरूमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि सो क्षेत्रको अवस्था अहिले सुनसान र विरानो बनेको छ। नेपाल प्रहरीकाअनुसार काठमाडौँतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी कुल ९४१ घरटहरा भत्काइएको छ। सरकारी जग्गा संरक्षण […]

एजेन्सी । भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ। ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ। अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ। ओशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही […]

error: Content is protected !!