१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

जेनजी आन्दोलनका भाइरल युवा यमबहादुर कँडेलले आफ्नो आमाको हत्या अभियोगमा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन २०, २०८२

काठमाडौं । जेनजी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एकजना भाइरल युवा आफूलाई जन्म दिने आमाको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले ५५ वर्षीया राममाया आमा राममाया कँडेलको हत्या गरेका हुन् ।

यमबहादुरले आइतबार राति धारिलो हतियारबाट आमाको हत्या गरेको अनुसन्धानका क्रममा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले बताए ।

प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुर कँडेललाई नियन्त्रणमा लिएको थियो । यो घटनाले गाउँ नै स्तब्ध छ ।

यमबहादुर भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका भिडिओहरूमा निकै भाइरल भएका थिए । ‘मेरो आँखामा डर छ ? ल हेर्नुस् म डराएको छु ? म मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन’ जस्ता डाइलग भिडिओमा बोलेका तीनै युवाले आमाको हत्या गरेर सिङ्गै गाउँलाई रुवाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ र भक्तपुरको सीमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौंदेखि कब्जा गरिएको सार्वजनिक जमिन खाली गराउने काम सकिएको छ। काठमाडौँ उपत्यकाका मुख्य नदी किनारका क्षेत्रहरूमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि सो क्षेत्रको अवस्था अहिले सुनसान र विरानो बनेको छ। नेपाल प्रहरीकाअनुसार काठमाडौँतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी कुल ९४१ घरटहरा भत्काइएको छ। सरकारी जग्गा संरक्षण […]

एजेन्सी । भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ। ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ। अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ। ओशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोटको विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी […]

error: Content is protected !!