२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

जेनजी आन्दोलनको बेला दाङको तुलसीपुर कारागारबाट भागेका ६ जना कैदीबन्दी पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २१, २०८२

दाङ । राप्ती गाउँपालिका ८ पिपरीका १५ वर्ष कैद सजाय भुक्तान गर्दै आएका कर्तव्य ज्यान मुद्दाका बुद्धिराम चौधरी भन्ने बुधराम चौधरी, घोराही उपमहानगरपालिका–१३ मौलाका जबरजस्ती करणी मुद्दाका ७ वर्ष कैद सजाय भोग्दै आएका नारायण घर्तीमगर, गढवा गाउँपालिका–१ का १८ वर्ष कैद सजाय भएका सुनिल नेपाली रहेका छन्।

यस्तै घोराही–५ का १२ वर्ष कैद सजाय भएका बसन्त सार्की, घोराही–१७ का ८ वर्ष कैद सजाय भुक्तान गर्दै आएका मनोज चौधरी र सल्यानको कालिमाटी गाउँपालिका–७ का १४ वर्ष कैद सजाय पाएका जीवन भन्ने जिउपाल दमाई रहेका छन्।

उनीलाई भदौ १७ देखि असोज २१ गतेसम्म पक्राउ गरी कारागार कार्यालय तुलसीपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरी नायब उपरीक्षक तथा कार्यालयका सूचना अधिकारी चक्र बहादुर शाहका अनुसार फरार कैदीहरूलाई पक्राउ गर्न प्रहरीको विशेष टोली खटाइएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!