०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि निर्वाचन आयोगले तोकिएको समयमै निर्वाचन गराउन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २१, २०८२

काठमाडौं । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका आयुक्तहरूबीच छलफल भएको थियो।

छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि आवश्यक जनशक्ति, स्रोत, र साधनको प्रक्षेपण गरी सरकारसँग सहयोग मागिएको जानकारी दिए। उनका अनुसार, सरकारले आयोगलाई आवश्यक सबै स्रोत-साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रवक्ता भट्टराईले आजको बैठकले निर्वाचन सफल गराउने विषयमा थप वातावरण सिर्जना गरेको उल्लेख गरे।

छलफलका मुख्य समझदारीहरू:

निर्वाचनका लागि आवश्यक जनशक्ति तथा स्रोत-साधन सरकारले आयोगलाई उपलब्ध गराउने।

आगामी दिनमा सरोकारवालाहरूसँगको छलफल, समन्वय र सहकार्यलाई थप सघन बनाउने।

हरेक नागरिकलाई निर्वाचन अभियानसँग जोड्ने गरी अघि बढ्ने।

उनले सरकार र निर्वाचन आयोगको तर्फबाट अब राजनीतिक दलहरूसँग पनि छलफल अघि बढाइने जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!