२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि निर्वाचन आयोगले तोकिएको समयमै निर्वाचन गराउन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २१, २०८२

काठमाडौं । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका आयुक्तहरूबीच छलफल भएको थियो।

छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि आवश्यक जनशक्ति, स्रोत, र साधनको प्रक्षेपण गरी सरकारसँग सहयोग मागिएको जानकारी दिए। उनका अनुसार, सरकारले आयोगलाई आवश्यक सबै स्रोत-साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रवक्ता भट्टराईले आजको बैठकले निर्वाचन सफल गराउने विषयमा थप वातावरण सिर्जना गरेको उल्लेख गरे।

छलफलका मुख्य समझदारीहरू:

निर्वाचनका लागि आवश्यक जनशक्ति तथा स्रोत-साधन सरकारले आयोगलाई उपलब्ध गराउने।

आगामी दिनमा सरोकारवालाहरूसँगको छलफल, समन्वय र सहकार्यलाई थप सघन बनाउने।

हरेक नागरिकलाई निर्वाचन अभियानसँग जोड्ने गरी अघि बढ्ने।

उनले सरकार र निर्वाचन आयोगको तर्फबाट अब राजनीतिक दलहरूसँग पनि छलफल अघि बढाइने जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!