१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपीशर्मा ओलीले तत्कालै नेतृत्व नछाड्ने संकेत गरे,

Logo
Abc Sanchar प्रकाशित बुधबार, आश्विन २२, २०८२

काठमाडौं । नेकपा एमाले पार्टी भित्र नेतृत्व छाड्न दबाब आइरहेका बेला ओलीले भर्चुअल रूपमा जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै तत्काल नेतृत्व नछाड्ने बताएका हुन्।

त्यतिमात्र होइन उनले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामर्थ्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने संकेत गरेको एक नेताले बताए।

जेन–जी विद्रोहका कारण सत्ताच्युत भएपछि ओली अहिले गुन्डुमा डेरा गरी बसेका छन्। पार्टीका गतिविधि पनि गुन्डुस्थिति आफ्नै निवासबाट गरिरहेका छन्।

ओलीले सचिवालय र केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा मंगलबार गण्डकी प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूलाई भर्चुअल रूपमा सम्बोधन गरेका थिए। उनले प्रदेश प्रदेशका इन्चार्ज र जिल्ला अध्यक्षहरूलाई भर्चुअल रूपमा छुट्टाछुट्टै सम्बोधन गरिरहेका छन्।

एमालेको सचिवालय बैठक यही असोज २४ र २५ गते बोलाइएको छ। केन्द्रीय कमिटी बैठक २७, २८, २९ गते बस्दैछ।

भर्चुअल सम्बोधनका क्रममा उनले आफू, एमाले र देशविरूद्ध नै षड्यन्त्र भएको बताउँदै भदौ २३ र २४ को जेनजी आन्दोलन षड्यन्त्रकै उपज भएको बताएका थिए।

आफूलाई सत्ताबाट हट्न बाध्य गराइए पनि आफू देश र जनताको पक्षमा अविच्छिन्न हिसाबले क्रियाशील रहेको बताउँदै पार्टी, आन्दोलन, पार्टीका विचार र दृष्टिकोणको शिर झुक्न नदिने उनले बताए।

‘पार्टीको शिर निहुरन कहिले पनि दिन्नँ, सक्रियताको हिसाबले दिन्नँ, इमानले दिन्नँ, विचारले दिन्नँ,’ उनको स्पष्ट सन्देश थियो।

उनले अगाडि भने, ‘कुनै हिसाबले पनि शिर झुक्न दिन्नँ। अडानको हिसाबले, दृष्टिकोणको हिसाबले कुनै पनि हिसाबले महसुस हुन दिन्नँ,’ उनले भने।

उनले शारीरिक रूपमा सक्षम रहँदासम्म अडान र नेतृत्व नछाड्ने पनि बताए।

‘जबसम्म म सक्छु, तबसम्म, सक्न छाडेपछि छोड्दिन्छु,’ उनले भनेका थिए।

अध्यक्ष ओलीले पार्टीभित्र पुनर्गठन, नेतृत्व हस्तान्तरण, पुस्तान्तरणबारे नचाहिने हल्ला भइरहेको समेत बताए। ती कुरा पार्टीका उपयुक्त फोरममार्फत् निरूपण गरिने पनि उनले बताएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ। ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ। अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ। ओशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोटको विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी […]

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न […]

error: Content is protected !!