२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

ज्यान जोखिममा राखी कर्तव्य पालन गर्ने प्रहरी सहायक हवलदार अधिकारीलाई विशेष सम्मान

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन २३, २०८२

काठमाडौं । जेनजी आन्दोलनका हिंसात्मक गतिविधिबीच कार्यालय जोगाउन ज्यान जोखिममा राखी कर्तव्य पालन गर्ने प्रहरी सहायक हवलदार संगीता अधिकारीलाई दाङ जिल्ला अदालतले विशेष सम्मान गरेको छ ।

बिहीबार अदालत परिसरमा आयोजित समारोहमा जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितले अधिकारीलाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

अदालतका अनुसार अधिकारीले “कर्तव्यनिष्ठा, अदम्य साहस र कार्यालय जोगाउने असाधारण योगदान”का लागि सम्मान पाएकी हुन् ।

भदौ २४ गते दिउँसो जेनजी आन्दोलन हिंसात्मक रूप लिँदै दाङमा समेत फैलिएको थियो । सरकारी कार्यालयहरू, निजी घर र संरचनाहरू आगोमा जलेका थिए । सुरक्षाकर्मीहरू पनि आफ्नै सुरक्षामा केन्द्रित भइरहेका थिए ।

तर, त्यही बेला दाङ जिल्ला अदालतमा कार्यरत सहायक हवलदार संगीता अधिकारी एक्लै अदालतको गेटमा सुरक्षार्थ खटिएकी थिइन् ।

अदालत नजिकैको जिल्ला समन्वय समिति कार्यालयमा आगजनी भइरहेको देखेपछि उनले भिड अदालतमा आइपुग्ने अनुमान गरिन्। कमान्डर र सहकर्मीहरू ब्यारेकतर्फ व्यस्त रहेका बेला उनले आफ्नो स्थान नछोडी अदालतको रक्षा गरिन् ।

खाली हात, कुनै बल प्रयोग बिना, सयौँ आन्दोलनकारीबीच उभिएकी अधिकारीले संवाद र साहसको माध्यमबाट अदालत जोगाएकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।