१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

फिलिपिन्समा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पको ठुलो झटका,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन २४, २०८२

 

काठमाडौं । अलजजिराका अनुसार आज बिहान फिलिपिन्सको दक्षिणी क्षेत्रको समुन्द्रमा भूकम्प गएको हो।

फिलिपिन्सको ज्वालामुखी विज्ञान तथा भूकम्प विज्ञान संस्थाले सुनामी चेतावनी जारी गर्दै तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च स्थानतिर र भित्री क्षेत्रमा सराउने सुझाव दिएको छ।

भूकम्प मिन्दानाओ क्षेत्रको डावाओ ओरिएन्टल प्रान्तको मनाय टाउन नजिकैको समुद्री क्षेत्रमा १० किलोमिटर (६ माइल) गहिराइमा गएको थियो।

स्थानीय सुनामी परिदृश्य डेटाबेसअनुसार, सामान्य ज्वारभन्दा एक मिटरभन्दा बढीको तरंग उचाइ आउन सक्ने अनुमान गरिएको छ। विशेषगरी बन्द बन्दरगाह र खाडिहरूमा तरंग अझै उच्च हुन सक्ने चेतावनी दिइएको छ।

हालसम्म भूकम्पबाट मृत्यु वा घाइतेको कुनै विवरण प्राप्त भएको छैन। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ। ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ। अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ। ओशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोटको विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी […]

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न […]

error: Content is protected !!