१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

कैलालीको एक घरभित्र खाल्टो खनेर गाडिएको टिनको बाकसमा भेटियाे एक करोड पैसा

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

(एबिसी संचार ब्युरो)
कैलाली माघ २ भारतको नयाँदिल्लीबाट चोरी गरेको ६५ लाख भारतीय रुपैयाँ (नेपाली एक करोड दुई लाख बढी)सहित प्रहरीले कैलालीबाट तीन जनालाई प’क्राउ गरेको छ । उनीहरूको साथबाट थप एक लाख नेपाली रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाजुरा बूढीगंगा नगरपालिका १, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापा छन् ।
जहर र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए । प्रहरीका अनुसार उनीहरूले उक्त रकम नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट चोरी गरेका थिए । चोरिएको रकमबारे भारतीय दूतावासले नेपाल प्रहरीलाई जानकारी गराएको थियो । कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार बरामद रकम कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्टो खनेर टिनको बाकस गाडिएको अवस्थामा फेला परेको हाे ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प’क्राउ गरेको छ । धनगढी उपमहानगरपालीका ८ मा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले तीन जनालाई ५ सय १० मिलीग्राम ब्राउन सुगर सहित प’क्राउ गरेको हो ।
धनगढीउपमहानगरपालिका १० घर भई वडा नम्बर ८ को बुद्धचोकमा डेरा गरी बस्ने २० वर्षका उमेश धामी, २० वर्षीया उमा चौधरी र १९ वर्षीया असरानी चौधरीलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
प’क्राउ परेकाहरूबाट ब्राउन सुगर र सेवन गर्न प्रयोग गरेको नोट लगायतका सामान बरामद गरिएको उनले बताए । जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्र’हरी कार्यालय कैलालीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!