२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

दाङको घोराहीमा खसीको अभाव बढेसँगै मासु पसलहरू अनिश्चितकालका लागि बन्द भए,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, आश्विन २५, २०८२

दाङ । घोराही खसी मासु व्यवसायी समिति घोराहीका अध्यक्ष असलाम कुरेशीका अनुसार छिमेकी बजारहरूमा खसीको मूल्य प्रतिकिलो एक हजार रुपैयाँ पुगेपछि किसानहरूले घोराहीमा भन्दा बाहिर बेच्दा राम्रो मूल्य पाउने भएकाले स्थानीय बजारमा खसीको आपूर्ति घटेको हो।

गत असोज २२ गते बसेको समितिको बैठकले शनिबारदेखि लागू हुने गरी मासुको मूल्यवृद्धिको निर्णय गरेको थियो। तर जिल्ला प्रशासन कार्यालय दाङले उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएपछि व्यवसायीहरू आन्दोलित भएका हुन्।

चाडपर्व नजिकिँदै गर्दा मासु पसलहरू बन्द हुँदा आम उपभोक्ताहरूलाई समस्या परेको छ। उपभोक्ताले आवश्यक वस्तु समयमै नपाउँदा असुविधा व्यहोर्नु परेको भन्दै तत्काल समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!