०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

सुदन गुरुङले आफ्नो आन्दोलनलाई फ्री–तिब्बत र विदेशी शक्तिसँग जोडेर बदनाम गर्न खोजेको आरोप लगाए,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन २६, २०८२

काठमाडौं । हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङले आफ्नो आन्दोलनलाई फ्री–तिब्बत र विदेशी शक्तिसँग जोडेर बदनाम गर्ने नियोजित प्रयास भइरहेको आरोप लगाएका छन्।

शनिबार सामाजिक सञ्जालमा ‘टीओबी’ लेखिएको कालो टिसर्टको फोटो भाइरल भएपछि उनले फेसबुकमार्फत स्पष्टीकरण दिँदै आफू र आफ्नो अभियानमाथि नियोजित रूपमा ‘साइबर सेनाले भ्रम फैलाएको’ दाबी गरेका हुन् ।


गुरुङले भने-‘अब अति भयो। यो खुट्टा तान्ने प्रवृत्ति हाम्रो समाजबाट कहिल्यै हटेन। अहिले हामीलाई बदनाम गर्न साइबर सेनाको नयाँ ट्रेन्ड आएको छ।’

भाइरल फोटोमा लेखिएको ‘टीओबी’ लाई टिबेटन ओरिजिन ब्रदरहुडका रूपमा व्याख्या गर्दै कतिपयले यसलाई फ्री–तिब्बत अभियानसँग सम्बन्धित भएको बताएका थिए । तर गुरुङले यो व्याख्या पूर्णतः गलत र नियोजित प्रचार भएको दाबी गर्दै यस्तो हल्ला फैलाउनेहरूलाई प्रमाणसहित चुनौती दिएका छन्।

‘हामीलाई विदेशी आइएनजीओबाट एक डलर मात्र लिएको देखाउनुहोस्, एक रुपैयाँ मात्र देखाउनुहोस्,’गुरुङले भने,“हामीले एक रुपैयाँको पनि हिसाब राखेका छौं। भोलि ढड्डै पल्टाएर देखाइदिन्छौं।’

गुरुङका अनुसार, ‘हामी नेपाल’ कुनै एनजीओ नभई गैरनाफामुखी संस्था हो । उनले लेखेका छन्-‘हामीलाई एनजीओ मन नपरेरै हामीले एनपीओ भनेर राखेका हौं। हामीले नगद होइन, जिन्सी सहयोगलाई प्राथमिकता दिएका छौं।’

गुरुङले आरोप लगाउनेहरूमाथि अब कानुनी कदम चाल्ने चेतावनी पनि दिएका छन्।

‘अबदेखि फेक न्युज फैलाउने र हाम्रो आन्दोलनमा घुसपैठ गर्नेहरू विरुद्ध प्रमाणसहित उजुरी हाल्छौं। यदि हामी दोषी हौं भने हामीलाई कारबाही होस्, होइन भने उनीहरूलाई हुनुपर्‍यो,’ उनले भने ।

सामाजिक सञ्जाल प्रयोगकर्तालाई उनले ‘टिकटकमा ट्रेन्ड आयो भन्दैमा पत्याउन नहुने’ आग्रह गर्दै सत्य र झुट छुट्याउन आग्रह गरे।

‘पढेलेखेका मान्छे हामी, के सत्य–झुट छुट्याउन सक्दैनौं ?’, गुरुङले प्रश्न गर्दै भने, ‘यो लडाइँ अन्तिम लडाइँ हो, हामी सबै मिलेर सत्यको पक्षमा उभिनुपर्छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!