२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

विद्यार्थी संघ नेविसंघले काठमाडौं मेयर बालेन शाह र सुदन गुरूङ विरुद्ध जाहेरी दिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन २६, २०८२

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरुद्ध जाहेरी दिएका छन्।

आइतबार काठमाडौं परिसर पुगेर उनीहरू विरुद्ध नेविसंघले जाहेरी दिएको हो। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू मनिश जङ थापा, अशोक सिंह बिष्ट र बिजय शाहले संयुक्तरुपमा हस्ताक्षर गरेर साहर र गुरूङविरुद्ध किटानी जाहेरी दिएका हुन्। उजुरी पछि केन्द्रीय सदस्य विष्टले भने,’हामीले जाहेरी दिएका छौं।  २४ घण्टाभित्र जाहेरी दर्ता गरेर  घटनामा संलग्नहरूलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छौं।’

भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनमा सिंहदरबार,सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा तोडफोड तथा आगजनी भएको थियो।

यी घटनामा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमा जान उस्काएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी भवनमा लुटपाट गराउनमा भूमिका खेलेको ठहर गर्दै नेविसंघले मेयर शाह र गुरूङविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा किटानी जाहेरी दिएका हुन्।

यसअघि मेयर शाह र गुरूङविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि उजुरी दिएको थियो। अनेरास्ववियुले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिलगायत आपराधिक गतिविधि गर्न उक्साएको भन्दै मेयर बालेन र गुरूङविरुद्ध उजुरी दिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!