०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

टीओबी समूहका व्यक्तिले पेस्तोल बोकेको फोटो सामाजिक सञ्जालहरूमा भाइरल प्रहरीले खोज्दै

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन २६, २०८२

काठमाडौं । जेनजी आन्दोलनको क्रममा टीओबी समूहका सदस्यले पेस्तोल बोकेको तस्वीर सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका व्यक्तिले पेस्तोल बोकेको भन्दै अहिले सामाजिक सञ्जालमा तस्वीरहरू भाइरल बनेका छन् । टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मरको पछाडिको भागमा पेस्तोल घुसार्दै गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

उक्त तस्वीरमा देखिएजस्तै ती व्यक्तिले साच्चै पेस्तोल बोकेका हुन्/होइनन् यकिन भएको छैन। तस्वीरको आधिकारिकता अहिलेसम्म पुष्टि भएको छैन। यद्यपl यसबारे अनुसन्धान अघि बढाइएको एक प्रहरी अधिकारीले बताए।

‘पेस्तोल बोकेको हुन्/होइनन् अहिले यकिन भइसकेको छैन। यद्यपि, यसबारे हामीले आन्तरिक रूपमा बुझ्ने र अनुसन्धान गर्ने काम गरिरहेका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने।

टीओबीलगायत सबै समूह व्यक्तिका अराजक गतिविधि, आगजनी, तोडफोडलगायतका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!