०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न सबैमा अनुरोध,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, आश्विन २७, २०८२

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न सम्वद्ध सबैमा पुनःध्यानाकर्षण गराएको छ।

नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहारको अवसरमा प्रयोग गरिने भाई मसला, तामा-चाँदीका भाँडा तथा झिलिमिली बनाउन प्रयोग हुने विद्युतीय सामग्रीलगायत अन्य विभिन्न वस्तुमा अधिकतम् खुद्रा बिक्री मूल्यसहितको लेबल र मूल्य सूची नराखेको पाइएको विभागले जनाएको छ।

विभागले बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गरी मूल्य स्थिरता कायम गर्न प्रयासरत रहेको उल्लेख गरेको छ। त्यसका लागि व्यापारिक सङ्घ, सङ्गठन र व्यवसायीका साथै उपभोक्तावादी सङ्घ, सङ्गठन र उपभोक्ताको उत्तिकै महत्त्वपूर्ण योगदान रहने विभागको भनाइ छ।

उपभोक्ता वर्गले खरिद गर्ने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल भएको वा मूल्य सूची राखिएको वस्तु खरिद गर्न हुन विभागले स्मरण गराएको छ । उपभोक्तहरूको कुनै गुनासो भए विभागको टोल फ्रि नम्बर ११३७ मा जानकारी गराउनसमेत अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!