०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

चितवनको माडीमा प्रहरीद्वारा सर्वसाधारणमाथि कुटपिट CCTV फुटेजमा भिडियो सार्वजनिक,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २८, २०८२

माडी (चितवन) माडी नगरपालिका ३ बैराठ निवासी कालुराम मार्दनियाले माडी प्रहरीमाथि आफूलाई कुटपिट गरेको आरोप लगाउनुभएको छ।

मार्दनियाका अनुसार असोज २२ गते राति करिब १० बजे प्रहरी टोलीले “तेरो भान्जाले केटी भगाएको छ, कता छ देखाऊ” भन्दै घरमै पुगेर जथाभावी गालीगलौज र कुटपिट गरेको हो। उहाँका भनाइमा, सो क्रममा घरका महिलामाथि पनि प्रहरीले हातपात र दुर्व्यवहार गरेको थियो।

उहाँले भन्नुभयो, “प्रहरीहरूले मापसेको आरोपमा मलाई बघौडा अस्पताल लगेर डाक्टरलाई जबर्जस्ती ‘मापसे गरेको’ रिपोर्ट बनाउन दबाब दिएका थिए।”

मार्दनियाले प्रहरी चौकीमा हटकडी लगाएर कुटपिट गरिएको भिडियो CCTV फुटेज) समेत सार्वजनिक भएको दाबी गर्नुभएको छ। कुटपिटबाट उहाँको टाउकोमा चोट लागेको र हाल उपचाररत रहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!