१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

सर्वोच्च अदालतले आज मंगलबारदेखि सबै खाले रिट दर्ता गरी सुनुवाइ गर्ने तयारी

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आश्विन २८, २०८२

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चको सेवा अवरुद्ध भएको थियो।

आगजनी, ढुंगामुढा,तोडफोड र लुटपाट समेतका घटनाबाट हुन गएको क्षतिका कारण बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता तथा सुनुवाइ बाहेकका सबै कार्य स्थगन भएको थियो।

असोज २६ गते बसेको सर्वोच्चको पूर्ण बैठकले आजदेखि अदालतमा रिट निवेदन,मुलुकी देवानी  कार्यविधि संहिता २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा ७३,१३७ र १५५ का निवेदनहरू दर्ता एवं सुनुवाइ हुने निर्णय गरेको थियो।

यसअघि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवदेन मात्रै दर्ता र सुनुवाइ हुँदै आएका थिए। नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद,हदम्याद र तारेख नगुज्रने सर्वोच्च अदालतले जनाएको छ।

आगजनीबाट भवन पूर्णरुपमा ध्वस्त भएपछि सर्वोच्च अदालतले सर्वोच्च प्राङ्गणमा पाल टाँगेर सेवा दिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

error: Content is protected !!