२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

सभापति देउवासँग महामन्त्रीद्वय थापा र शर्माले बैठकमा विशेष महाधिवेशन गरेरै अघि बढ्न सुझाव,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आश्विन २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। केन्द्रीय समिति बैठकअघि महामन्त्रीद्वयले बैठकको एजेन्डाबारे छलफल गरेका हुन्।

सभापतिसँगको भेटमा महामन्त्रीद्वयले मंसिरमा महाधिवेशन गर्ने गरी अघि बढ्न प्रस्ताव राखेका थिए। तर, देउवाले सल्लाह गर्ने भन्दै कुनै ठोस जवाफ नदिएको एक नेताले बताए।

महामन्त्रीद्वय मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गरेरै भएपनि नेतृत्व परिवर्तन गर्ने पक्षमा छन्। उनीहरूले विशेष महाधिवेशन माग्नको लागि आवश्यक हस्ताक्षर पनि संकलन गरिसकेका छन्।

तर, देउवा निकट नेताहरूले मंसिरमा महाधिवेशन गर्ने सम्भावना नरहेको भन्दै टार्ने प्रयासमा छन्। सभापति र दुई महामन्त्रीसँगको भेटमा पनि महाधिवेशनबारे कुनै टुङ्गो लाग्न नसकेको बताइएको छ।

अहिले नेताहरू बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय सानेपा पुगिसकेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!