१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

दाङ प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठद्वारा ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको निरीक्षण,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २८, २०८२

दाङ । भालुवाङ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठद्वारा ईलाका प्रहरी कार्यालय भालुवाङमा कार्यालय परिसर, व्यारेक, भान्सा तथा कार्यरत प्रहरी कर्मचारीहरूको टर्नआउट लगायत कार्यालयका सम्पूर्ण शाखाहरू प्रशासन शाखा, प्रबन्ध शाखा, कार्य शाखा, ज्येष्ठ नागरिक शाखा, हिरासत कक्ष आदिको निरीक्षण गर्नु भएको छ ।

निरीक्षणको क्रममा उहाँले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उच्च अनुशासनमा रही जनमुखी प्रहरी सेवा प्रवाह गर्न निर्देशन प्रदान
गर्नु भयो। साथै, जघन्य तथा पेन्डिङ मुद्दाहरूको प्रभावकारी रूपमा फर्छ्यौटमा जोड दिनु, फरार प्रतिवादी पक्राउमा विशेष ध्यान दिनु, हिरासतमा रहेका थुनुवाहरूलाई अदालत लैजाँदा तथा ल्याउँदा विशेष सतर्कता अपनाउन निर्देशन दिनु भयो।

त्यसैगरी, सवारी दुर्घटनाको न्यूनीकरण गर्न, नदिजन्य पदार्थहरूको अवैध उत्खनन तथा ओसार–पसार, अवैध काठ तस्करी, अवैध भन्सार छली लगायतका क्रियाकलापहरूमा कडाइका साथ नियन्त्रण गर्न तथा कार्यसम्पादन सम्झौतामा उल्लेखित लक्ष्यहरू समयमै पूरा हुने गरी कार्य सम्पादन गर्न समेत निर्देशन दिनु भयो।

आगामी तिहार तथा छठ पर्वको समयमा पटका र आतसबाजी जस्ता पदार्थहरूको अवैध ओसार–पसारमा नियन्त्रण गर्न समेत विशेष ध्यान दिनु पर्ने निर्देश गर्नु भयो।

अन्त्यमा, उहाँले कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई आउँदै गरेको शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत्‌को अवसरमा शुभकामना प्रदान गर्नुभएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न […]

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

error: Content is protected !!