१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

रक्सी पिउनु रोग पाल्नु हो, डाक्टर

Logo
ABC (भन्डाफोर) प्रकाशित मंगलबार, आश्विन २८, २०८२

काठमाडौं । बियर,वाइन, ह्विस्की र भोड्का जस्ता पेय पदार्थहरूको फरक के हो ? के यी मध्ये कुन रक्सीले चाहिँ हानि गर्दैन ? कति मात्रामा रक्सी पिउनु उपयुक्त हुन्छ ?
यी प्रश्नहरूको सिलसिलाबद्ध जवाफ खोज्नुअघि पृष्टभूमितर्फ फर्कौं ।

रक्सीको इतिहास मानवजातिको भन्दा पुरानो छ । जब फलहरू धेरै पाक्छन्, तिनमा चिनीको मात्रा बढ्छ, जसले यिस्ट (एक प्रकारको सूक्ष्मजीव) लाई आकर्षित गर्छ । यिस्टले चिनी खाएर रासायनिक प्रतिक्रियामार्फत कार्बनडाइअक्साइड र रक्सी उत्पादन गर्छ । यो प्रक्रियालाई फर्मेन्टेसन भनिन्छ । कार्बनडाइअक्साइड हावामा उड्छ, तर रक्सी फलमा रहन्छ ।

वैज्ञानिकहरूको विश्वास छ कि- लाखौँ वर्ष पहिले हाम्रा पुर्खाहरू(बानर)ले यस्ता फर्मेन्टेड फलहरू खान्थे । यसलाई ‘ड्रंकन मंकी हाइपोथेसिस’ भनिन्छ । यद्यपि, जंगली फलहरूमा फर्मेन्टेसनबाट बन्ने रक्सीको मात्रा २ प्रतिशत भन्दा कम हुन्छ ।

मानव सभ्यताको विकासपछि फर्मेन्टेसनको प्राकृतिक प्रक्रियाबाट रक्सी बनाउन थालियो । पुरातत्वविद्हरूले चीनको हेनान प्रान्तको जियाहु गाउँमा ईसापूर्व ७००० तिरको एक अवशेष फेला पारे । जसमा भाँडोमा चामल, अंगूर र महबाट बनेको पेय पदार्थको अवशेष थियो । त्यस्तै, इजरायलको हाइफामा १३,००० वर्ष पुरानो बियरको प्रमाण भेटिएको छ ।

गहुँ, जौ, वा अंगूर जस्ता खाद्य पदार्थहरू पानीमा भिजाएर राख्दा, हावामा भएको यिस्टले फर्मेन्टेसन सुरु गर्छ । यही प्रक्रियाबाट बियर, वाइन, राइस वाइन, साइडर, केराको बियर र टडी जस्ता पेयहरू बन्छन् ।

उदाहरणका लागिः

बियर : गहुँ वा जौको फर्मेन्टेसनबाट ।

वाइन : अंगूरको फर्मेन्टेसनबाट ।

टडी : नरिवलको रसबाट ।

साइडर : स्याउको फर्मेन्टेसनबाट ।

फर्मेन्टेसनबाट बनेको रक्सीमा १८-१९ प्रतिशत भन्दा बढी रक्सी हुँदैन, किनभने त्यसभन्दा बढी रक्सी यिस्टका लागि विषाक्त हुन्छ र फर्मेन्टेसन रोकिन्छ । तर मानिसहरूले डिस्टिलेसन प्रक्रिया आविष्कार गरे, जसमा रक्सीलाई तताएर बाफ बनाई, त्यसलाई चिस्याएर मदिराको मात्रा उच्च भएको पेय बनाइयो । यसरी ह्विस्की, रम, भोड्का र ब्रान्डी जस्ता ‘हार्ड लिकर’ बन्छन्, जसमा ३० देखि ६० प्रतिशतसम्म रक्सी हुन्छ।

रक्सीमा हुने मुख्य रसायन इथानोल हो, तर कहिलेकाहीँ मिथानोल पनि बन्छ, जुन अत्यन्तै विषाक्त हुन्छ र तुरुन्तै मृत्यु वा अन्धोपन निम्त्याउन सक्छ ।

रक्सीले शरीरमा कसरी असर गर्छ ?

जब तपाईं रक्सी पिउनुहुन्छ, यो मुख, घाँटी र पेट हुँदै सानो आन्द्रामा पुग्छ । सानो आन्द्राबाट रक्सी छिट्टै रगतमा मिसिन्छ । यदि पेट खाली छ भने, रक्सी छिट्टै रगतमा मिसिन्छ र नसा चढ्छ । कार्बनडाइअक्साइड भएको पेय (जस्तै:- ह्विस्की–सोडा वा शैम्पेन) ले झन् छिट्टै नसा लाग्छ ।

रक्सी रगतमा मिसिएपछि, यो मस्तिष्क र कलेजोमा बढी केन्द्रित हुन्छ ।

कलेजोले रक्सीलाई दुई चरणमा तोड्छ:

एडिएच इन्जाइमले रक्सीलाई एसिटाल्डिहाइडमा परिणत गर्छ, जुन विषाक्त रसायन हो र यो ह्याङ्गोभरको कारण बन्छ ।

अर्को एलडिएच इन्जाइमले एसिटाल्डिहाइडलाई एसिटेटमा परिणत गर्छ, जुन हानिरहित हुन्छ । पानी र कार्बन डाइअक्साइडमा बदलिन्छ ।

कलेजोले रक्सीलाई एक निश्चित गतिमा मात्र हटाउन सक्छ । यदि धेरै रक्सी पिइयो भने रगतमा रक्सीको मात्रा (ब्लड अल्कोहल कन्सन्ट्रेसन) बढ्छ, जसले नसा बढाउँछ ।

मस्तिष्कमा पार्ने प्रभाव

रक्सीले मस्तिष्कका नसाहरूमा असर गर्छ । यसले दुई न्यूरोट्रान्समिटरलाई प्रभावित गर्छः

-मस्तिष्कको ‘ब्रेक पेडल’, जसले दिमागलाई शान्त गर्छ । रक्सीले ‘गाबा’ को मात्रा बढाउँछ ।

-मस्तिष्कको ‘रेस पेडल’, जसले दिमागलाई सक्रिय राख्छ । रक्सीले ग्लुटामेटलाई घटाउँछ ।

यसले मस्तिष्कको गति सुस्त बनाउँछ, जसले शान्त बनाउने र निद्रा ल्याउँछ । तर धेरै रक्सीले सास फेर्ने जस्ता महत्त्वपूर्ण कार्यहरू पनि रोकिन सक्छ, जुन घातक हुन्छ । रक्सीले डोपामिन र इन्डोरफिन पनि निस्कन्छ, जसले खुसी र दु:ख कम गर्ने अनुभव गराउँछ ।

दीर्घकालीन प्रभाव

रक्सीको धेरै सेवनले मस्तिष्कका साना नसाहरू मर्दै जाने हुन्छ । यसले निर्णय लिने, ध्यान केन्द्रित गर्ने र भावनात्मक नियन्त्रण गर्ने क्षमता कम हुन्छ । स्मरणशक्ति र तर्क गर्ने क्षमता पनि प्रभावित हुन्छ ।

कलेजोमा प्रभाव

रक्सीले कलेजोको चार चरणमा क्षति हुन्छ:

१.फ्याटी लिभर : कलेजोमा बोसो जम्मा हुन्छ । यो चरणमा रक्सी छोडेमा रिकभर हुन सक्छ ।

२. हेपाटाइटिस : कलेजो सुन्निन्छ र दुख्छ ।

३.फाइब्रोसिस : कलेजोमा घाउ बन्छ ।

४.सिरोसिस : कलेजो कडा र निष्क्रिय हुन्छ । जुन अपरिवर्तनीय हुन्छ र मृत्यु निम्त्याउन सक्छ ।

मुटुमा प्रभाव

अनियमित धड्कन, उच्च रक्तचाप, हृदयाघात, र स्ट्रोकको जोखिम ।

पाचन प्रणालीमा प्रभाव

प्यांक्रियाजले आफैँलाई पचाउन थाल्छ । अल्सर र आन्तरिक रक्तस्राव हुन सक्छ ।

रोग प्रतिरोधक क्षमतामा कमी

एक गिलास रक्सीले २४ घण्टासम्म रोग प्रतिरोधक क्षमता कमजोर बनाउँछ ।

रक्सीसम्बन्धी मिथकहरू

‘एक गिलासले केही हुँदैन’

विश्व स्वास्थ्य संगठन भन्छ, ‘कुनै पनि मात्रामा रक्सी सुरक्षित हुँदैन । यसका हरेक घुट्कोले जैविक हानि गर्छ ।

‘रातो वाइन स्वस्थ हुन्छ’

रातो वाइनमा एन्टिअक्सिडेन्ट हुन्छ, तर ती अंगूरमा पनि पाइन्छ । रक्सीको हानिकारक प्रभाव एन्टिअक्सिडेन्टभन्दा धेरै हुन्छ ।

‘बियर र वाइन हल्का हुन्छ’

बियर, वाइन, र हार्ड लिकरमा इथानोलको मात्रा फरक हुन्छ, तर सबैले उस्तै हानि गर्छ ।

सामाजिक प्रभाव

घरेलु हिंसा : रक्सी पिउने पुरुषहरूबाट घरेलु हिंसाको सम्भावना तीन गुणा बढी हुन्छ ।

बालबालिकामा प्रभाव : रक्सी पिउने अभिभावकका बच्चाहरूमा चिन्ता, डिप्रेसन र लतको समस्या बढी हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

error: Content is protected !!