१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

बझाङमा मध्यराति भूकम्पको धक्का महसुस,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, आश्विन २९, २०८२

बझाङ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति एक बजेर ८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र आसपास रहेको केन्द्रले जनाएको छ ।

मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।

स्थानीय प्रहरीले भूकम्पका कारण क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न […]

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

error: Content is protected !!