०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

गेष्ट हाउसमा काम गर्ने एक महिला मृत फेला,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन २९, २०८२

 

झापा । धनकुटा पाख्रीवास स्थायी घर भएकी अन्दाजी ३६ वर्षीया सम्झना परियार दमक वडा न. ६ मा रूपादेवी कडरियाले सञ्चालन गरेको पाथिभरा गेष्ट हाउसमा कार्यरत थिइन्।

मङ्गलबार दिउँसो १२:३० बजे उनी गेष्ट हाउसको दोस्रो तलामा रहेको आफ्नो कोठामा मृत भेटिएकी हुन्।

परियार अघिल्लो रात खाना खाएर सधैं सुत्ने कोठामा सुतेकी थिइन्। दिउँसोसम्म पनि नउठेपछि सोही गेष्ट हाउसमा बसेकी दुर्गा बर्देवा बोलाउन जाँदा उनी घोप्टो परेको अवस्थामा भेटिइन् र बोलिनन्।

घटनाबारे जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले परियारको मृत्यु भइसकेको पुष्टि गरेको थियो।

प्रहरीका अनुसार परियारले मादक पदार्थ सेवन गरेको जस्तो देखिएको छ, तर उनको शरीरमा कुनै किसिमको चोटपटक वा निलडाम देखिएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!