गत आईतबार एमाले दाङले घोराहीमा निकालेको खबरदारी सभामा ‘मोडल’ भनिएकी भाइरल रेजिना चौधरीले भाषण दिने क्रममा ‘म घोर भ्रष्टाचार’ गर्न चाहन्छु भनिन्। पछि उनले स्वीकारिन्, टङ स्लिप भयो, मैले भर्त्सना भन्न खोजेकी थिएँ।
उनको यो भाषण भाइरल बन्यो। थारूहरू पनि विभाजित देखिए। विशेषतः एमाले र केही दलका थारू नेताहरू उनको बचाउमा लागे। नेपाली भाषा थारूहरूको पहिलो भाषा नरहरेको र गल्ती कमजोरी हुने भन्दै एमालेजनहरूले उनको कडा बचाउ गरे।
अर्को युवा पुस्ताले खुलेरै मजाक उडाए। ‘म एमालेको जेनजी हुँ’ भनेर गरेको भाषणलाई उनीहरूले ‘अज्ञानता’को संज्ञा दिएर उडाए।
केहीले त थारू पोसाकलाई नै राजनीतिक दलहरूले प्रयोग गरिरहरेकोमा आपत्ति पनि जनाए। तपाईंलाई के लाग्छ, रेजिनाको अज्ञानताले यो सब भयो कि साँच्चै उनको टङ स्लिप हो?