दाङ । गणतन्त्र रास्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब सबिन प्रियासनले अब एमालेको अध्यक्षमा महासचिव शंकर पोखरेललाई अगाडि सार्न एमालेका नेता, कार्यकर्तालाई आग्रह गरेका छ्न। उनले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेका छन-` पछिल्लो राजनीतिक घटनाक्रम पश्चात् मुलुकका सबै राजनीतिक दल हरू नयाँ सिराहाबाट अगाडि बढ्नुपर्छ हिजोको पाराले अब राज्यसत्ता सञ्चालन गरेर मुलुकमा समृद्धि आउन सक्दैन मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रमा रूपान्तरण गर्न कृषिमा आधारित उत्पादनमुखी कार्यक्रम आवश्यक छ।
तसर्थ नेपालका राजनीतिक दलहरूको नेतृत्व परिवर्तन अपरिहार्यता छ l यही क्रममा नेकपा एमालेले अबको दुई महिनापछि मंसिर अन्तिम सातामा महाधिवेशन गरिरहँदा आफूलाई उत्पादनमुखी कार्यक्रममा जोड्न सकोस् l ७५३ वटा पालिका ७ प्रदेश ७७ जिल्ला र ६,७४३ वटा वडालाई नै उत्पादनसँग जोडोस्। मैले पटकपटक भन्दै र लेख्दै आएको छु नेकपा एमालेको पार्टी अध्यक्षका रुपमा अब शंकर पोखरेललाई अगाडि सार्नुपर्छ, उहाँ पनि अघि सर्नुपर्छ।´