०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

तिहारमा १२ औं  कोसेली ‘कालो मन’ उपन्यास लिएर आउँदै प्रियासन

Logo
Abc Sanchar प्रकाशित बुधबार, आश्विन २९, २०८२

दाङ । घोराही नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास लेख्ने उपन्यासकार सविन प्रियासनले आफ्नो १२ औं उपन्यास कालो मन तिहारको अबसरमा बजारमा ल्याउने तयारी गर्नु भएको छ ।
दाङको घोराहीमा रहेर साहित्य एवं पत्रकारिता गर्दै आउनु भएका प्रियासनको कालो मन उपन्यास यतिबेला प्रेसमा छपाईको काम भैरहेकोछ । प्रियासनले यस अघि यसैवर्ष वैशाखमा कडी उपन्यास प्रकाशित गर्नु भएको थियो । ६ महिनाकै फरकमा अर्को उपन्यास पाठक माँझ ल्याउन लागि रहनु भएका प्रियासनको कालो मन उपन्यास २ सय ८ पृष्ठको छ ।
एकसातामै उपन्यास लेखेर, एकसाताजति आफै काँट छाट, शव्द मिलानमा समय खर्चिएको बताउने प्रियासनले कालो मन उपन्यासमा कृषिमा आधारित उद्यमशीलतामा सफल युवा र संघर्ष गरेर डाक्टर पढेकी युवती बीचको प्रेममा आधारित विषय बस्तुमा केन्द्रीत कथा छ । उपन्यासमा समाजमा सन्द्येश दिने किसिमका थुप्रै उपकथाहरु पनि समावेश गरिएको प्रियासनको भनाइँ छ । कालो मन भनेको के हो भन्दा प्रियासनले कालो मन भनेको नकारात्मक सोँच भएको टिप्पणी गर्दै नकारात्मक सोँच माथि हाबी बनेर हरेक क्षेत्रमा कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने सन्देश उपन्यासले दिन खोजेको बताउनुभयो । प्रियासनको कालो मन उपन्याससँगै १२ वटा उपन्यास प्रकाशित हुनेछन् । उहाँको एक वटा कथा संग्रह र एक वटा समपादकीयको संग्रह पनि प्रकाशित छ । घोराहीबाट प्रकाशित हुने गणतन्त्र राष्ट्रिय दैनिकको प्रकाशक, प्रधान सम्पादक रहनु भएका प्रियासन नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव पनि हुनुहुन्छ । उहाँले सुरुवाती चरणमा साहित्यीक क्षेत्रमा आफ्नो सक्रियता देखाउनु भएको थियो । राप्ती साहित्य परिषद्को केन्द्रीय महासचिव भएर काम गरिसक्नु भएका प्रियासन पछिल्ला दिनहरुमा पत्रकारिता एवं साहित्यमा सक्रिय हुनुहुन्छ । सामाजिक अभियानहरुको समेत नेतृत्व गरिरहनु भएका प्रियासनले घोराही बनाऔं अभियान समेत चलाई रहनु भएको छ । साहित्य, पत्रकारिता र समाज सेवा गरे वापत उहाँले नेपाल सरकारबाट विभिषण समेत पाउनु भएको छ भने दर्जनौ सम्मान एवं पुरस्कार जिल्ला देखि राष्ट्रिय स्तरसम्म प्राप्त गरिसक्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। अदालतले उनलाई १ वर्ष कैद, १ करोड ८ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा बिगो बराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ। साथै पीडित राहत कोषमा ४ लाख ३२ हजार […]

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

error: Content is protected !!