०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

अफगान र पाकिस्तान सीमामा झडप कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु ८० भन्दा घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन २९, २०८२

अफगानिस्तान । अफगान अधिकारीले बुधवार जनाएका छ दक्षिणी अफगानिस्तानको स्पिन बोल्दाक क्षेत्रमा रातभर चलेको भीषण झडपमा आम सर्वसाधारणलाई गम्भीर क्षति पुगेको हो । स्थानीय सूचना विभागका प्रवक्ता अली मोहम्मद हक्मालका अनुसार, झडपमा १५ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरिएको छ । स्पिन बोल्दाक जिल्ला अस्पतालका अधिकारी अब्दुल जान बारकले एएफपीलाई जानकारी दिँदै भन्नुभयो, “झडपमा ८० भन्दा बढी महिला र बालबालिका घाइते भएका छन् ।”

तालिबान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै, पाकिस्तानी सुरक्षाकर्मीले ‘फेरि एक पटक हल्का र भारी हातहतियार प्रयोग गर्दै आक्रमण गरेको’ आरोप लगाएका छन् । उहाँका अनुसार, झडपमा १२ सर्वसाधारणको मृत्यु र एक सयभन्दा बढी घाइते भएका छन् । यद्यपि उक्त विज्ञप्तिमा सुरक्षाकर्मीको हताहतको विषयमा केही उल्लेख गरिएको छैन ।

तालिबानले पाकिस्तानी सैनिक मारिएपछि स्थिति सामान्य बनिसकेको र पाकिस्तानी चौकी र हतियार कब्जामा लिइएको जनाएको छ । झडपको असरले गर्दा क्षेत्रका सबै पसल, बजार र सार्वजनिक सेवा बन्द छन् । धेरै स्थानीय बासिन्दा घर छोडेर सुरक्षित स्थानतर्फ पलायन गरेका छन्,।

पाकिस्तानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन, तर सुरक्षा स्रोतले उनीहरूले कुर्रम जिल्लाबाट अफगान क्षेत्रलाई लक्षित गरेको जनाएको छ, जुन स्पिन बोल्दाकभन्दा उत्तरतर्फ पर्दछ । यो हिंसात्मक घटना दुबै देशबिच हाल चलिरहेको कसिलो सम्बन्ध र आपसी आरोप(प्रत्यारोपको बिचमा भएको हो ।

इस्लामाबादले अफगानिस्तानमाथि पाकिस्तानी तालिबान (टीटीपी) को आश्रय दिएको आरोप लगाउँदै आएको छ । झडपको सुरुवात शनिवार साँझ भएको थियो, जब काबुलले सीमा क्षेत्रमा पर्ने कम्तीमा पाँच प्रान्तमा सैन्य कारबाही सुरु गरेको थियो ।

तालिबानका अनुसार, बिहीबार काबुलमा भएको बम विस्फोटको जवाफ स्वरूप पाकिस्तानले हवाई आक्रमण गरेपछि उनीहरूले प्रतिकारमा आक्रमण गरेका हुन् । आइतबार इस्लामाबादले कडा कारबाही गर्ने चेतावनी दिएपछि दुबै पक्षबिच झडप चर्किएको हो, जसमा दुवैतर्फ ठुलो सङ्ख्यामा हताहत भएको छ । रासस/एएफपी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!