कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु टोलीले कृष्णनगर र मायादेवी गाउँपालिकाका छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार असोज २६ गते कृष्णनगर नगरपालिका–२ स्थित यात्रु गेट नजिकै नेपाल–भारत सीमाबाट अवैध रूपमा भारततर्फ पठाउन लागिएको अनुमानमा प्रहरीले ७४१ केजी किबी फलफूल बरामद गरेको हो, जसको मूल्य करिब रु १ लाख ८५ हजार २५० बराबर रहेको छ। बरामद फलफूल आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी असोज २७ गते मायादेवी गाउँपालिका–४, गौरा स्थित भित्री सडक खण्डमा नियमित चेकजाँचका क्रममा ना.२ ख ९५५२ नम्बरको ट्रक रोकेर तलासी गर्दा त्यसमा लुकाइएका ५७३० केजी पुराना प्लास्टिकका टुक्रा (कबाड) फेला परेका थिए। ती सामान बिलबिजकविहीन रहेकाले बरामद वस्तुको मूल्य करिब रु ३ लाख १५ हजार १५० तथा ट्रकसहित कुल रु १५ लाख १५ हजार १५० बराबर रहेको प्रहरीले जनाएको छ।