२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

ओलीको पालामा राजनीतिक रूपमा नियुक्त भएका १० राजदूतहरूलाई फिर्ता बोलायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन ३१, २०८२

ओलीको पालामा राजनीतिक रूपमा नियुक्त भएका १० राजदूतहरूलाई फिर्ता बोलायो

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राजनीतिक रूपमा नियुक्त भएका १० राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले यसबारे जानकारी दिएका हुन्। त्यस्तै, जापानका राजदूत परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाकुमार सुवेदीलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ।

सरकारले ओलीले नियुक्त गरेका चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल, रूसका लागि जंगब चौहान, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाललाई कात्तिक २० गतेभित्र फिर्ता भइसक्न निर्देशन दिएको हो।

पूर्ववर्ती सरकारले राजनीतिक नियुक्ति गरेका १७ मध्ये भारतका शंकरप्रसाद शर्मासहित ७ राजदूतलाई भने फिर्ता बोलाइएको छैन।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले यसबारे निर्णय गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!