१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

ओलीको पालामा राजनीतिक रूपमा नियुक्त भएका १० राजदूतहरूलाई फिर्ता बोलायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन ३१, २०८२

ओलीको पालामा राजनीतिक रूपमा नियुक्त भएका १० राजदूतहरूलाई फिर्ता बोलायो

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राजनीतिक रूपमा नियुक्त भएका १० राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले यसबारे जानकारी दिएका हुन्। त्यस्तै, जापानका राजदूत परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाकुमार सुवेदीलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ।

सरकारले ओलीले नियुक्त गरेका चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल, रूसका लागि जंगब चौहान, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाललाई कात्तिक २० गतेभित्र फिर्ता भइसक्न निर्देशन दिएको हो।

पूर्ववर्ती सरकारले राजनीतिक नियुक्ति गरेका १७ मध्ये भारतका शंकरप्रसाद शर्मासहित ७ राजदूतलाई भने फिर्ता बोलाइएको छैन।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले यसबारे निर्णय गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

error: Content is protected !!