२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

नेपाल प्रहरीका ६ जना एसपीहरुको सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन ३१, २०८२

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका धनुषा र रौतहट जिल्लाका प्रहरी प्रमुखमा नयाँ जिम्मेवारी तोकेको हो ।

सरुवा सूचीअनुसार मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरलाई धनुषा र एसपी रविन कार्कीलाई रौतहट प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

जिल्ला प्रहरी प्रमुखको रूपमा खटाइएका एसपी कुँवर र कार्की नेपाल प्रहरीमा काबिल अधिकृतको रुपमा परिचित छन् । यसअघि रौतहट प्रहरी प्रमुख रहेका एसपी नेत्रमणी गिरी र धनुषा प्रहरी प्रमुख नरहरी रेग्मीलाई फिर्ता बोलाइएको छ।

दुवै जिल्लाका एसपीको कार्यसम्पादन राम्रो नभएको रिपोर्टका आधारमा सरुवा गरिएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले कार्यसम्पादन कमजोर भएकाहरुलाई हटाउन प्रहरी महानिरीक्षकलाई अधिकार दिएका थिए ।

त्यस्तै, गृह मन्त्रालयमा कार्यरत एसपी मुकुन्द रिजाललाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने एसपी विश्वराज खड्कालाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पछिल्लो समय मधेश प्रदेशका विभिन्न जिल्लामा तस्करी बढेको आरोप लाग्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!