२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

सशस्त्र प्रहरीले अबैध पटाका पक्राउ गरि (नष्ट) नगरी आफ्नो घर पठाएको प्रमाण फेला,

Logo
ABC (क्राईमबिट) भन्डाफोर प्रकाशित आइतबार, कार्तिक ०२, २०८२

पर्सा । बिरगंज भारतबाट नेपाल भित्र्याइएका पटाका भन्सार कार्यालयमा बुझाउनुपर्ने ठाउँमा सशस्त्र प्रहरीले व्यक्तिगत प्रयोजनका लागि घर पठाएको आरोप लागेको छ। वीरगञ्ज भन्सार कार्यालयमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) रामबाबु साहले पक्राउ परेका पटाका अन्य सशस्त्र प्रहरीमार्फत मोटरसाइकलमा घर पठाइरहेको भिडियो शुक्रबार बिहान सार्वजनिक भएपछि घटना बाहिर आएको हो।स्रोतका अनुसार भारतबाट नेपाल भित्र्याउने क्रममा नियन्त्रणमा लिइएका ती पटाका आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि असई साहले सो प्रक्रिया बेवास्ता गर्दै नियमविपरीत कार्य गरेको आरोप लगाइएको छ।

सार्वजनिक भिडियोमा असई साहका मातहतका सशस्त्र प्रहरीहरूले नियन्त्रणमा लिइएका पटाका भन्सारमा बुझाउनुभन्दा पहिले नै व्यक्तिगत प्रयोजनका लागि घरतर्फ पठाइरहेको देखाइएको दाबी गरिएको छ।यसबारे बुझ्दा वीरगञ्ज भन्सार कार्यालयमा अवस्थित सशस्त्र प्रहरी गुल्म प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पूरुसोत्तम भण्डारीले भिडियोमा देखाइएका विवरणहरू असत्य रहेको बताएका छन्। उनले भने, “सशस्त्र प्रहरीको छविलाई बदनाम गर्न नियोजित रुपमा असत्य प्रचार गरिएको हो। सामाजिक सञ्जालमा प्रसारित भिडियोमा कुनै सत्यता छैन।”डीएसपी भण्डारीका अनुसार हाल सिमाक्षेत्रमा चेकजाँच कडा पारिएको छ र त्यसकै प्रतिक्रियास्वरूप केही समूहहरूले सशस्त्र प्रहरीलाई विवादमा तान्ने प्रयास गरेका छन्। उनले थपे, “मैले इन्चार्ज बनेपछि घरायसी प्रयोजनका लागि ल्याइएका वैध सामग्रीबाहेक अन्य अवैध सामान नियन्त्रणमा कडाइ गरिएको छ। यसले असन्तुष्ट समूहलाई असत्य प्रचार गर्न प्रेरित गरेको हो।”

तर, सिमाक्षेत्रका केही स्थानीयवासीहरूले भने चाडपर्वका बेला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका खाद्यान्न, लत्ता–कपडा र अन्य सामग्री पनि कहिलेकाहीं प्रहरी हाकिमहरूको घरसम्म पुग्ने गरेको आरोप लगाएका छन्।

यस घटनाले भन्सार क्षेत्रमा भइरहेको निगरानी र सशस्त्र प्रहरीको आचरणबारे प्रश्न उठाएको छ। यद्यपि, सशस्त्र प्रहरी पक्षले सम्पूर्ण आरोप असत्य रहेको बताउँदै सत्यता पुष्टि गर्न आन्तरिक अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!