१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ०२, २०८२

 

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्ति पक्राउ परेका छन् ।

आन्दोलनकारीले चौकी आक्रमण गरेर हतियार लुट्नुका साथै प्रहरीलाई बर्दी खोल्न लगाएर कुटपिट गर्न थालेपछि कतिपय प्रहरीले बागमती नदीमा हामफालेका थिए ।

जेनजी आन्दोलनका बेला भएका घटनाको अध्ययन गरिरहेको टोलीले आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरेको भिडियो फूटेज र फोटोहरुका आधारमा घिसिङलाई पक्राउ गरेको हो । घिसिङमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सो दिन हतियार लुट्नेमध्येका केही व्यक्ति पक्राउ परिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

error: Content is protected !!