दाङ प्रहरीले घोराहीमा आईतवार राति घोराही उपमहानगरपालिका वडा नं .१५ काठेकोहल स्थित रहेको होटल टी थ्रीमा जुवा खेलिरहेको सुचनाको आधारमा पुगेको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको हो ।
होटलको कोठा नम्ब्र १०८ मा जुवा खेलिरहेका घोराही उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष भरतमणी अर्याल सहित ९ जनालाई नगद ३ लाख ४५ हजार ९ सय १५ रुपैया सहित पक्राउ गरेको हो । अर्याल नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
पक्राउ पर्नेमा अर्याल सहित घोराही उपमहानगरपालिकामै कार्यरत इन्जिनियर तुलसीपुर १२ का बर्ष ३२ का प्रवीण रावत, घोराही १८ का कृष्णबहादुर घर्ती, पूर्व इन्सपेक्टर नारायण प्रसाद अधिकारी, मितेरी हस्पिटल सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम के.सी., लंक बहादुर बुढा, सागर बुढा र राप्ती गाउँपालिका २ का तेज प्रसाद आचार्य पक्राउ परेको प्रहरीले जनाएको छ
यस्तै घोराही उपमहानगरपालिका वडा नं.१५ काठेकोहल स्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नगद ६० हजार ६ सय ४० रुपैया सहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.१८ रझेना बस्ने बर्ष ३० को अनुप कशौधन, घोराही.१५ काठेकोहल बस्ने बर्ष ४१ को ज्ञानेन्द्र रिजाल, घोराही १५ काठेकोहल कै बर्ष ३४ क एकराज खत्री र घोराही १४ बस्ने बर्ष ३२ को सोहेलमान मनसुरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कविराज रोकायको नेतृत्वमा रहेको प्रहरीले दुबै ठाउँमा छापा हानेर जुवाडे पक्राउ गरेहो हो ।