दाङ । भालुवाङ कार्तिक ३ गते बिहान दाङ राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ पुलचोक स्थित पुर्ब पश्चिम राजमार्ग सडक खण्डमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएकाे प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रा १ त २१२१ नंम्बरकाे ट्याक्टरमा लुकाई छिपाई ल्याएकाे
अबैध साल जातको चिरान काठ (घप्पु) थान १४ फेला पारी उक्त ट्र्याक्टर र काठलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय लमही दाङसंग समन्वय भईरहेको ईलाका प्रहरी कार्यालय भालुवाङ दाङले जानकारी दिएको छ ।