११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

बिवाह गर्न अब जन्म मिति चाहिने सल्यान प्रहरीले बाल बिवाह रोक्न नयाँ अभियान चलाउदै

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

सागर थापा (क्राईमबिट)
माघ ४ सल्यान वाल विवाह रोक्न जिल्ला प्रहरी कार्यालय सल्यानले अर्को अभियान चलाएको छ ।
जिल्लाका पुरोहितहरुलाई बालविवाह रोक्न सचेतना गराएको प्रहरीले जनप्रतिनिधिलाई समेटेर हरेक घरमा टाँस्ने स्टिकर पनि टाँसिरहेका बेला अर्को नयाँ काम पनि थालेको हो ।
नयाँ र अन्यत्र नभएको जुक्ती निकाल्दै प्रहरीले जिल्लामा संचालित छापाखानामा विहेको निमन्त्रणा कार्ड बनाउदा जन्म मिति खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
जिल्लाका छापाखाना संचालकले अवका दिनमा विवाह कार्ड छाप्दा जन्म मिति खुल्ने प्रमाण माग्नेछन र बर बधुको उमेर २० बर्ष पुगेको भएमात्रै विवाह कार्ड छाप्छन नत्र फिर्ता गरिदिन्छन । उनिहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पुगेर वाल विवाह रोक्ने अभियानमा प्रतिवद्धता जनाएका छन ।
केटाकेटीको उमेर २० बर्ष पुगेमा मात्रै विहे गर्नुपर्ने भएकाले बाल विवाह रोकथाममा यो अभियानले पनि केहि सहयोग पुग्ने अपेक्षा रहेको सल्यान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन । बाल विवाह गरेमा गर्ने, गराउने, विहेभोजमा सहभागि हुनेलाई ३ बर्ष कैद र ३० हजार जरिवाना भएको भन्दै छापाखानाले त्यसो नगरे परिवार तथा आफन्त संगै निम्ताकार्ड बनाउने पनि सजायको भागेदार हुनुपर्नेछ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत यस्ता क्रियाकलाप गरिरहेको सल्यान प्रहरीले उमेर नपुगी विहे गर्नेको निम्तामा पुगी भोज खाएका फोटो प्रदर्शन गर्ने र तिनलाइ बधाइ दिनेलाई पनि बालविवाह गर्न प्रोत्साहन गरेको आरोपमा कार्वाही गर्ने गरी अभियान चलाउनेछ । त्यस्तै पत्रपत्रिका, रेडियो, अनलाइनमा निमान्त्रणा गर्न सहयोग गर्नेलाई पनि त्यो लागु हुने डिएसपी खतिवडाले बताए ।
उनले भने –“जिल्लाको बाल विवाह रोक्न हामीले यो अभियान चालेका हौ हामीले गरेमा समाजमा केहि गर्न सकिने भएकाले जसले जे सकिन्छ त्यो गरौ ।” उनले जिल्लामा स्थानिय सरकारसंगको सहकार्यमा जिल्ला प्रहरी, नजिकका प्रंहरी चौकी, विद्युत, एम्बुलेन्स जस्ता आवश्यक कार्यालयका फोन नं भएको स्टिकर टाँसिरहेको भन्दै केहि काम परे तत्काल सम्बन्धीत निकायमा फोन गर्न भनेका छन ।
उनले ति स्टिकरमा मान्छेलाई आत्महत्या हुनबाट रोक्न तथा बालविवाह रोक्न विभिन्न सन्देश पनि राखिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जेठ महिनामा सम्पन्न भएका प्रहरी गतिविधि तथा शान्ति सुरक्षा अवस्थाबारे प्रेसमिटमार्फत जानकारी सार्वजनिक गरेको छ।प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंह ले जिल्लामा अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान, फरार प्रतिवादी पक्राउ, ट्राफिक कारबाही तथा विभिन्न सुरक्षा गतिविधिबारे जानकारी गराउनुभयो।

error: Content is protected !!