२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

प्रहरीमा जागिर छाड्नेहरु किन बढदै

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

(एबिसी संचार)
काठमाडौं, माघ ४ नेपाल प्रहरीमा तल्लो दर्जामा जागिर छोड्नेको संख्या बढेको पाइएको छ । सेवा सुविधा तथा तलब भत्ता न्युन भएको कारण जागिर छाड्नेको संख्या बढेको हो । तीन वर्षको अवधिमा ७ हजार ३ सय ८० जनाभन्दा बढी कर्मचारीले बीचमै जागिर छाडेका छन् ।
प्रहरी जवान, हवल्दार, असई र सई दर्जाका प्रहरीहरु जागिर छाडेको तथ्यांकले देखाउँछ । जागिर छाड्ने तल्लो दर्जाका कर्मचारीहरुको गन्तव्य भने मलेसिया, दुबई, कतार, साउदी, कुवेतलगायत मुलुकहरू हुन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का एसएसपी श्याम ज्ञवालीले ‘राष्ट्रले तयार पारेको जनशक्तिले बीचमै काम छाडेर पलायन हुने र कार्यालयमा जनशक्तिको कमी हुने’ विषयमा गम्भीर तरीकाले सोच्नुपर्ने बताए।
भत्ता, सेवा, सुविधा कटौती गर्ने हल्लाले पनि प्रहरी सेवा प्रति वितृष्णा जागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!