०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

प्रहरीमा जागिर छाड्नेहरु किन बढदै

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

(एबिसी संचार)
काठमाडौं, माघ ४ नेपाल प्रहरीमा तल्लो दर्जामा जागिर छोड्नेको संख्या बढेको पाइएको छ । सेवा सुविधा तथा तलब भत्ता न्युन भएको कारण जागिर छाड्नेको संख्या बढेको हो । तीन वर्षको अवधिमा ७ हजार ३ सय ८० जनाभन्दा बढी कर्मचारीले बीचमै जागिर छाडेका छन् ।
प्रहरी जवान, हवल्दार, असई र सई दर्जाका प्रहरीहरु जागिर छाडेको तथ्यांकले देखाउँछ । जागिर छाड्ने तल्लो दर्जाका कर्मचारीहरुको गन्तव्य भने मलेसिया, दुबई, कतार, साउदी, कुवेतलगायत मुलुकहरू हुन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का एसएसपी श्याम ज्ञवालीले ‘राष्ट्रले तयार पारेको जनशक्तिले बीचमै काम छाडेर पलायन हुने र कार्यालयमा जनशक्तिको कमी हुने’ विषयमा गम्भीर तरीकाले सोच्नुपर्ने बताए।
भत्ता, सेवा, सुविधा कटौती गर्ने हल्लाले पनि प्रहरी सेवा प्रति वितृष्णा जागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।