काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै ४ जना नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जनाएको छ । यसअघि सात सदस्यीय मन्त्रिपरिषद् थियो ।
स्रोतका अनुसार डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई भूमिसुधार, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ ।
गणपतिलाललाई यसअघि पर्यटन मन्त्रालय बनाउने तयारी गरिएको थियो ।
अन्तिम समयमा उनको मन्त्रालय हेरफेर गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।
यता सुर्खेत स्वास्थ सस्था तोडफोड र स्वास्थकर्मी माथी हातपात गरेको आरोपमा सुर्खेत जिल्ला अदालतबाट खगेन्द्र सुनारलाई पुर्जी जारी भएको छ । सुनारलाई श्रम मन्त्रालय दिने भए पछी समाजिक संजालहरुमा व्यापक बिरोधहरु भएको छ ।