रुपन्देही । भैरहवा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डिआईजी उमा प्रसाद चतुर्बेदी एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्ट लगायतले अनुगमन तथा निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देही भैरहवाको सम्पुर्ण शाखाहरु निरीक्षण गर्दै शाखाहरुबाट सम्पादित कार्य विवरणको
बारेमा जानकारी लिनुका साथै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीहरु तथा मातहतका युनिटका सिनियर प्रहरी अधिकृतहरुलाई सेवा प्रवाहलाई अझ चुस्त दुरुस्त बनाउदै समाजमा शान्ति सु-ब्यवस्था कायम गरी आफ्नो जिम्मेवारी त्रुटि रहित ढंगबाट सम्पादन गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।