०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

छठ पर्वको मुख्य दिन सोमबार भव्य उत्साहका साथ तराईको जिल्लाहरुमा धुमधामसंग मनाइँदै,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, कार्तिक १०, २०८२

पर्सा । बिरगंज नेपालको तराई–मधेस क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा स्थापित धार्मिक आस्था, सामुदायिक एकता र प्रकृतिप्रतिको कृतज्ञताको सन्देश बोकेको छठ पर्वको मुख्य दिन ‘सझिया घाट’ आज सोमबार भव्य उत्साहका साथ मनाइँदै छ ।

कात्तिक शुक्ल षष्ठी तिथिमा आज व्रतालुहरूले वीरगञ्जसहित देशभरका नदी, पोखरी र तलैयामा बनाइएका छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी सूर्यदेव र छठी माताको पूजा–आराधना गर्ने छन् ।

आज बिहानैदेखि व्रतालुहरूले पवित्र स्नान गरी नयाँ र शुद्ध वस्त्र धारण गरेर छठ घाटहरूमा पुग्ने छन् । वीरगञ्जको घडिअर्वा पोखरी, रानीघाटको सिर्सिया घाट, नगवा, राधेमाई, मुर्ली पोखरीलगायतका जलाशयहरू झिलिमिली बत्ती र रङ्गीचङ्गी सजावटले सजिएका छन् ।

व्रतालुहरूले बाँसको चोयाबाट बनेको ‘सुपली’ र माटोको ‘ढकनी’मा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटायुक्त नरिवल, भिजाएको केराउ, चामलको अछेता र पातसहितको मूलालगायतका सामग्री राखेर सूर्यदेवलाई अर्घ्य अर्पण गर्ने छन् ।

सूर्यास्तको समयमा व्रतालुहरूले जलाशयमा प्रवेश गरी सूर्यदेवलाई जलले अभिषेक गर्दै परिवारको सुख, समृद्धि र दीर्घायुको प्रार्थना गर्न गर्छन् । अर्घ्यपछि ‘शिरसोप्ता’ (छठी माताको प्रतीक) वरिपरि बसेर परम्परागत छठ गीतहरू गाउँदै गीतहरूमा छठी माताको महिमा र सूर्यदेवको कृपाको वर्णन गरिने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!