२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

महिलाको मृत्यु पछी आफन्तहरु आक्रोशित किस्ट शिक्षण अस्पताल तनावग्रस्त प्रहरीद्वारा अश्रुग्याँस

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक १०, २०८२

काठमाडौं । किस्ट शिक्षण अस्पताल तनावग्रस्त छ। बिरामीको मृत्युलाई लिएर आफन्तहरुले नाराबाजी र तोडफोडमा उत्रिएपछि तनाव सिर्जना भएको हो।

मृतकका आफन्त तोडफोडमा उत्रिएपछि प्रहरी परिचालन गरिएको छ। प्रहरीले बल प्रयोग गरेर भिड तितरबितर पार्ने प्रयास गरेको छ।
अहिले अस्पतालको सबैतिर प्रहरीले घेरा हालेको छ।

कात्तिक ७ गतेको घटनालाई लिएर उनका आफन्तले आन्दोलन गरेका हुन्। उनीहरुले अस्पतालको लापर्वाहीले गर्भवतीको ज्यान गएको आरोप लगाएका छन्।

आक्रोशित आफन्तहरूले आइतबार पनि अस्पतालमा सामान्य तोडफोडसमेत गरेका थिए। अस्पतालले भने उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!