१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपालीको भब्य विदाई

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक ११, २०८२

पाल्पा । आज एक कार्यक्रमका विच नेपालीलाई विदाई गरिएको हो । गत असोज २८ गतेको सरुवा अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय तालीम शाखा तुलसीपुरमा सरुवा भएपछि नेपालीको विदाई तथा सरुवा भई आएका लाल बहादुर सुनारलाई स्वागत गरिएको हो । प्रहरी निरीक्षक सुनार सहित प्रहरी कर्मचारीहरुले मायाको चिनो प्रदान गर्दै नँया कार्यस्थानमा सफल कार्यकालको शुभकामना दिदै विदाई गरेका थिए ।

२०८१ साल भदौ ३१ गते देखि कार्यालय प्रमुखमा जिम्मेवारी सम्हालेका नेपालीले गुण्डागर्दी,चोरी निकासी नियन्त्रण तथा अपराधिक गतिविधि रोक्दै शान्ति सुरक्षा कायम गर्न महत्वपुर्ण भुमिका खेलेका थिए । प्रहरी निरीक्षक नेपालीले पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै जिप्रका पाल्पाले गत पुष महिनामा ‘महिनाको उत्कृष्ट घोषणा गर्दै पुरस्कृत समेत गरेको थियो ।

विदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक नेपालीले १३ महिना १० दिनको अवधिमा शान्ति सुरक्षा कायम गर्न सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गरेका थिए । यस अघि विभिन्न संघ संस्थाले समेत मायाको चिनो प्रदान गर्दै विदाई गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

error: Content is protected !!