दाङ । राप्ती गाउँपालीका वडा नम्बर १ पाखापानी बस्ने बर्ष ४३ को डिल्लीराज गिरी र गढवा गाउँपालिका-१ कालाकाटे बस्ने वर्ष ३९ को ट्याक्टर चालक विकास घर्ती रहेका छन् ।
गत कार्तिक ३ गते बिहान अन्दाजी ०८:०० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर १ पुल्चोक स्थित पूर्व- पश्चिम राजमार्गमा प्रहरी चेकिङ टोलीले कालाकाटेदेखि पाखापानी तर्फ जाँदै गरेको रा १ त २१२१ नम्बरको ट्याक्टर रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा ल्याईएको अन्दाजी ४८ हजार ५ सय ८७ रुपैयाँ बराबरको काठ खरिद गरी ल्याउने क्रममा १४ थान (३८.८७ क्युफिट ) सालको चिरान काठ बरामद गरि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै ट्याक्टर र काठ सहित दुवै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन कार्यालय लमही दाङमा पठाइएको प्रहरीले जनाएको छ ।